झोलाले रुवायो अमेरिका बस्नेलाई

साहित्यकार कृष्ण धरावासीको कथा झोलामा आधारित चलचित्र ‘झोला’ हेरेर अमेरिकामा बस्ने दर्शकका रोएका छन् ।
पशुपतिनाथ बुद्ध फाउण्डेसन अफ न्यू इंगल्याण्डको सहयोगार्थ आर्लिंटनमा  चलचित्र प्रदर्शन गरिएको थियो । अमेरिकाको विभिन्न १२ स्थानमा नेपाली दर्शकहरुमाझ प्रदर्शन गरिएको यो चलचित्रलाई दर्शकले निकै मन पराए पनि ।
‘अहिलेसम्मको स्थिति हेर्दा यसले राम्रो दर्शक पाएको छ र मैले राम्रो रेस्पोन्स पाएको छु’ कथाकार धरावासीले भने । झण्डै एक सय वर्ष अघिको तत्कालीन ग्रामीण परिवेशको वस्तुस्थिति र लोग्ने मरेपछि स्वास्नी पनि सँगसँगै मरेर सति जानुपर्ने कु परम्परालाई चलचित्रमा उतारिएको छ ।
योे चलचित्रमा तत्कालीन परिवेश र स्थानको सूक्ष्म विश्लेषण गरेर बनाइएको छ । सुरुदेखि नै संवेदनशील बनाउँदै लगेर अन्तसम्म नै कौतूहलमय र रोचक घटनाहरुको आरोह अवरोह, वातावरण र पात्रहरुको जीवन्त र मर्मस्पर्शी भनाइले कथानकलाई उत्कर्षमा पुर्‍याएको छ । ‘यो चलचित्र मलाई त ज्यादै राम्रो र मर्मस्पर्शी लाग्यो, धेरै पटक आँसु बग्यो ‘चलचित्र हेरेपछि गीता पौडेलले भनिन् ।
सन् २०१५ को लागि नेपालबाट ओस्कार अवार्डका लागि छनोटमा परेको झोला ले पात्रको संवाद र प्रस्तुति एवं विषयवस्तुको कारण सो पुरस्कार पाउनसक्ने संभावना पनि देखिएको छ ।  अक्टुवर २८ मा भर्जिनियामा विदेशीहरुलाई पनि यो चलचित्र देखाउन लागेको जानकारी धरावासीले दिए ।
चलचित्र प्रदर्शन गर्नुअघि ग्रेटर वोस्टन नेपलिन कम्युनिटीका तर्फबाट अध्यक्ष राम थापा, पशुपतिनाथ बुद्ध फाउण्डेसनका तर्फबाट अध्यक्ष विष्णुमणि आचार्य, हिमालयन लायन्स क्लवका तर्फबाट अध्यक्ष विष्णु कार्की र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वोस्टनका तर्फबाट अध्यक्ष हरि काफ्ले र सचिव यम पौडेलले साहित्यकार धरावासीलाई खादा ओढाएर सम्मान गरेका थिए ।

No comments:

Post a Comment

Avaplan

Avaplan : Avaplan Domain Name. A professional name centered on the girls name Ava. Ideal for an insurance company, a security provider...