धनुषाको परवाहामा ७० वर्षका व्यक्तिलाई उनकै भाइ र भतिजहरुले वस्तु बाँध्ने किलामा बाँधेर तमसुकमा जवर्जस्ती सही छाप गराएको घटना सार्वजनिक भएको छ ।
परवाहा २ बस्ने ७० वर्षीय मुलहु साहलाई उहाँकै भाइ मुलहुका भाई शिवजी साहले आफ्ना तीन जना छोराहरु झगरु साह, मनोज साह र पप्पु साहको सहयोगमा आफ्ना बुढो दाइ लाई गोरु जस्तै बाँधेर सरकारी कागजमा औठा छाप गराई स्वार्थ पुरा गर्न सफल भएको स्थानीयबासिन्दाले बताएका छन् । शिवजी गाउँका गन्यमान्य व्यक्ति भएको र गाउँघरका पञ्चायत समेत गर्ने व्यक्तिले निरंकुश शैलीमा आफ्ना दाईको सम्पत्ति हड्पन खोजेको गाउँलेले बताएका छन् । आपसी आर्थिक तथा जग्गा जमिन सम्बन्धी लेनदेनमा कुरा नमिलेपछि शिवजीले गाउँलेकै उपस्थितिमा दाई मुलहुलाई निर्ममतापूर्वक पशु जस्तै बाँधेर औठा छाप लिएका थिए । मुलहुलाई पशुजस्तो व्यवहार गरेर तम्सुक बनाएको तस्बिर र भिडियो सार्वजनिक भएपछि प्रहरीले चार दिनपछि शिवजीका दुई छोरालाई पक्राउ गरेको छ । त्यस्तै शिवजी र उनका एक छोरा मनोज भने फरार छन् । यो घटनालाई रोक्न स्थानीय बलवा पण्डितलाई शिवजीका बाबु छोराले दुर्व्यवहार गरेको र अर गाउँलेले केही पनि नबोलेको प्रत्यक्षदर्शीको भनाई छ ।
र भतिजहरुले मिलेर वस्तु बाँध्ने किलामा पाता पर्खाएर तमसुकमा जवर्जस्ती औंठा छाप लिएका हुन् ।
परवाहा २ बस्ने ७० वर्षीय मुलहु साहलाई उहाँकै भाइ मुलहुका भाई शिवजी साहले आफ्ना तीन जना छोराहरु झगरु साह, मनोज साह र पप्पु साहको सहयोगमा आफ्ना बुढो दाइ लाई गोरु जस्तै बाँधेर सरकारी कागजमा औठा छाप गराई स्वार्थ पुरा गर्न सफल भएको स्थानीयबासिन्दाले बताएका छन् । शिवजी गाउँका गन्यमान्य व्यक्ति भएको र गाउँघरका पञ्चायत समेत गर्ने व्यक्तिले निरंकुश शैलीमा आफ्ना दाईको सम्पत्ति हड्पन खोजेको गाउँलेले बताएका छन् । आपसी आर्थिक तथा जग्गा जमिन सम्बन्धी लेनदेनमा कुरा नमिलेपछि शिवजीले गाउँलेकै उपस्थितिमा दाई मुलहुलाई निर्ममतापूर्वक पशु जस्तै बाँधेर औठा छाप लिएका थिए । मुलहुलाई पशुजस्तो व्यवहार गरेर तम्सुक बनाएको तस्बिर र भिडियो सार्वजनिक भएपछि प्रहरीले चार दिनपछि शिवजीका दुई छोरालाई पक्राउ गरेको छ । त्यस्तै शिवजी र उनका एक छोरा मनोज भने फरार छन् । यो घटनालाई रोक्न स्थानीय बलवा पण्डितलाई शिवजीका बाबु छोराले दुर्व्यवहार गरेको र अर गाउँलेले केही पनि नबोलेको प्रत्यक्षदर्शीको भनाई छ ।

No comments:
Post a Comment