हिमपहिरोले मुस्ताङमा ४ जनाको ज्यान लिया अरु ३८ जनाको नेपाली सेनाद्वारा उद्धार


अबिरल वर्षाका कारण  मुस्ताङको थोराङपासमा हिमपहिरोमा परी ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना विदेशी पर्यटक र एकजना नेपाली नागरिक रहेका प्रहरीले जनाएको छ  ।

मृत्यु हुनेहरुमा दुईजना पोल्याण्डका र एकजना इजरायली पर्यटक छन् ।  मृतकहरुको नाम नखुलेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

मुस्ताङको पर्यटकीयस्थल थोराङपास जाँदै गरेका ती पर्यटकहरुको दम्क्याम भन्ने स्थानमा बुधबार शव फेला परेको हो । घटनास्थल मनाङ र मुस्ताङको सिमानामा पर्दछ ।

अन्य ३८ जना पर्यटकलाई भने सेनाले सकुशल उद्धार गरेको छ । उनीहरुलाई लिन नेपाली सेनाको हेलिकोप्टर पठाइएको सहायक सैनिक प्रवक्ता निरन्जन श्रेष्ठले जानकारी दिए ।

भारतीय हुदहुद समुद्री आँधीको प्रभावले नेपालको मौसममा परिवर्तन आएपछि हिमाली जिल्लामा भारी हिमपात भएको छ ।

मनाङमा मंगलबारदेखि हिमपहिरोमा पुरिएर ३ जना बेपत्ता भएका छन् । प्रतिकूल मौसमको कारण उनीहरुको खोजी कार्य प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

No comments:

Post a Comment

Avaplan

Avaplan : Avaplan Domain Name. A professional name centered on the girls name Ava. Ideal for an insurance company, a security provider...