मनाङ र मुस्ताङमा भएको हिमपातमा परी हराइरहेकाहरुको खोजीकार्य आज बिहानैदेखि जारी रहेको छ । स्थानीय प्रशासनले थोराङ पासमा उद्दार शिविर खडा गरी उद्दार कार्यलाई जारी राखेको हो ।
उद्दारका लागि पोखराबाट दुईवटा हेलिकप्टर मनाङका लागि उडिसकेकाछन् ।
हिमपातमा परेकामध्ये ८ विदेशीसहित १२ जनाको शव भेटिएको नेपाली सेनाले जनाएको छ । अहिले तीन सय भन्दा बढी हराइरहेको आशंकामा खोजी कार्य जारी राखिएको छ ।
सुरक्षा निकायले बुधबार सुरु गरेको उद्दारकार्यलाई प्रतिकुल मौसमका कारण अपरान्ह स्थगित गरेको थियो ।
अन्नपूर्ण सर्किटमा पर्ने ५ हजार ४ सय १५ मिटरको उचाइमा रहेको थाराङ ला पास पार गरेर मुक्तिनाथतर्फ झर्ने क्रममा पर्यटक तथा नेपाली सहयोगीहरु भिषण हिम पातमा परेका हुन् । मुक्तिनाथ पुग्न झण्डै ६ घन्टाको पैदल दुरी पार गर्न बाँकी रहँदा हिमपात भएको थियो ।
हिमपातमा परेका १४ जनालाई उद्दार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । ८ जना भने सामान्य अवस्थामा छन् । उनीहरुलाई भने मुक्तिनाथमा छाडिएको छ ।

No comments:
Post a Comment